काठमाडौं। ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफ क्लबले लगातार चौथो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।
११२ रनको लक्ष्य एपीएफले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफका लागि ममता चौधरी ३२ रनमा अविजित रहिन् । रोमा थापाले भने २३ रन बनाइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउदले २ विकेट लिइन् ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १११ रन बनाएको थियो । विन्दु रावलले ३६ तथा रुबी पोदार २९ रन बनाइन् । कविता जोशी भने २९ रनमा अविजित रहिन् ।
एपीएफका लागि रेखा रावल र इन्दु बर्मा १–१ विकेट लिए ।
एपीएफले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
Facebook Comment
Comment