बल्खु पुगेर पूर्वराष्ट्रपति भण्डारीले मदन – आश्रितको सालिकमा माल्यापर्ण गरिन्

नेपालभ्युज

बल्खु पुगेर पूर्वराष्ट्रपति भण्डारीले मदन – आश्रितको सालिकमा माल्यापर्ण गरिन्

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यापर्ण गरेकी छन् ।

नेकपा एमालेले बल्खुमा आयोजना गरेको मदन – आश्रित ३१ औं स्मृति सभामा भण्डारी पत्नी समेत रहेकी पूर्व राष्ट्रपति भण्डारीले दुवै नेताको सालिकमा माल्यापर्ण गरेकी हुन् । स्मृति सभामा भण्डारीसहित एमालेका नेता कार्यकर्ताको सहभागिता थियो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved