काठमाडौं । अमेरिकाले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेको छ ।
राष्ट्रपति जो बाइडेनको आदेशमा ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार शुल्क पनि समावेश गरेको जनाएको छ ।
ह्वाइट हाउसका अनुसार अनुचित नीतिका कारण र रोजगारी जोगाउने उद्देश्यले यो वृद्धि गरिएको हो ।
चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।
विश्लेषकहरूका अनुसार यी शुल्कहरू धेरै हदसम्म प्रतिकात्मक छन् र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले हो ।
मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्नेछ ।
विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । जबकि सोलार सेलमा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएको छ ।
त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।
Facebook Comment
Comment