कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

नेपालभ्युज

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।

रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निधन भएको कांग्रेसले जनाएको छ । रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् ।

उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ । लामो समय शिक्षण पेसामा रहेका उनी २०५८ माघ २७ गते तत्कालिन माओवादीको गोली लागेर घाइते भएका थिए ।

शिक्षण पेशासंगसंगै भूमिगतरुपमा संगठन बनाएका रेग्मीले २०४७ मंसिरमा शिक्षण पेशा छाडेर कांग्रेसको पूर्णकालिन राजनीतिमा होमिएका थिए ।

रेग्मीको जन्म मध्यम वर्गिय किसान परिवारमा विस २००६ साल साउन १५ गते भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved