नवनियुक्त स्वास्थ्यमन्त्रीको पदबहाली, ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय

नेपालभ्युज

नवनियुक्त स्वास्थ्यमन्त्रीको पदबहाली,  ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने पहिलो  निर्णय गरेका छन् ।

सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतमा जनशक्ति थप गर्ने निर्णय भएको स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved