‘जुनेली रातमा, स्टेरिङ छ हातमा, रमाउन पाउँदिन म परिवारको साथमा’

नेपालभ्युज

‘जुनेली रातमा, स्टेरिङ छ हातमा, रमाउन पाउँदिन म परिवारको साथमा’

काठमाडौं ।  जुनेली रातमा, स्टेरिङ छ, हातमा,रमाउन पाउँदिन म परिवारको साथमा…

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ट्रकको पछाडी लेखिएका यस्तै रोचक सवारी साहित्य पढेर रमाइलो लिनेहरुको घुइँचो छ । फोटोग्राफी, भिडियोग्राफी, डिजिटल आर्ट एक साथ प्रस्तुत गरिएको छ ।

प्रा डा अभि सुवेदीले ‘सवारी कथाहरु’ शीर्षकमा गरिएको कला प्रदर्शनीको शुभारम्भ गरेका थिए । सवारी कथामा फोटोग्राफी अत्यन्त रोचक छ । प्राडा सुवेदीले कलाको समीक्षा गर्दै सवारी साधनको पछाडि लेखिने विभिन्न रचनात्मक साहित्यमा चालकले भोगेको पीडा, खुसी, उत्सवदेखि समाजको स्थितिबारे जानकारी दिएको हुन्छ । यसले समाजको संस्कार र संस्कृतिको पनि प्रतिविम्बित गर्छ ।

सवारी साधनको पछाडि लेखिने साहित्यिक लेखन पछिल्लो समय ट्राफिक प्रहरीले हटाउँदैछ । तर, कलाकार भने सवारी साहित्यको संरक्षण गर्नुपर्छ भनेर कलाकार आभूषण गौतम श्रवास्ती घोष दास्तीदार, ऊर्जा आर्चाय र शुभ जोशीले संयुक्त रुपमा फोटोग्राफी, भिडियोग्राफी, डिजिटल चित्र प्रस्तुत गरेका छन् । “सवारी साधनमा प्रयोग गरिने साहित्य कलाले समाजमा मनोरञ्जनसँगै सूचना दिइरहेको छ”, कलाकार आचार्यले भने, “यो एउटा रचनात्मक संस्कार हो । यस्तो साहित्य जोगाउनुपर्छ भनेर प्रदर्शनी गरेका हौँ ।”

प्रदर्शनीमा राखिएका फोटोमा ‘पैसा विनाको एटिएम, जब विनाको केटिएम उस्तै उस्तै रहेछ’, ‘अदृश्य छन्, ह्दयको चोटहरु ’, ‘कान्टा, लभमा धोका खानु भन्दा आउ, मेरो बाइक पछाडि बसेर केटीएमको धुलो खाउ ’, ‘कोरोना भाइरस एक्सप्रेस ’, ‘काला पानी हाम्रो हो ’, “मायामा मजाक गर तर, मजाकमा माया नगर ’ जस्ता थुप्रै रोचक सवारी साहित्यका फोटो प्रर्दशनीमा नियाल्न सकिन्छ । दुई सातासम्म रहने प्रदर्शनीमा दुई सयभन्दा बढी फोटो छन् । यसको बिक्री मूल्य रु दुई हजार पाँच सयदेखि १५ हजार राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved