बेटिङ वेबसाइटमार्फत् २ अर्ब १ करोडभन्दा बढीको कारोबार गर्ने युवक पक्राउ

नेपालभ्युज

बेटिङ वेबसाइटमार्फत् २ अर्ब १ करोडभन्दा बढीको कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीले वान एक्सबेट, जुवा ३६५ लगायतका अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी सट्टेबाजी जुवा खेली खेलाउने एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको मण्डनदेउपुर नगरपालिका-८ का २४ वर्षिया अनिल ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनले विभिन्न व्यक्तिहरुको नाममा बैंक खाता र वालेटहरुमा खाता खोली २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

जुवा ३६५ नामको फेसबुक पेज उनकै रहेको पाइएको छ । प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, एटीएम कार्डलगायत बरामद गरेको हो ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved