मेयर्स कप महिला टी-२० : एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

मेयर्स कप महिला टी-२० : एपीएफको लगातार दोस्रो जित

काठमाडौं। ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

एपीएफका लागि ममता चौधरी ३५ रनमा अविजित रहे। इन्दु बर्माले १७ रन बनाईन् । बागमतीका लागि खुसी डंगोलले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बागमतीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ७३ रन बनायो। बागमतीका लागि हेलिशा गुरुङले ३१ रन बनाए। खुसी डंगोल भने १४ रनमा अविजित रहे।

एपीएफका लागि भने करुणा भण्डारीले ४ र सीता राना मगरले २ विकेट लिए।

अर्को खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश आमनेसामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved