पाउण्डको मूल्य घट्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य केही घटेको छ भने अमेरिकी डलर एकको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा रहेका छ भने बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved