संवेदनशील छाला भएकाले रातमा सुत्नुअघि के लगाउने ?

नेपालभ्युज

संवेदनशील छाला भएकाले रातमा सुत्नुअघि के लगाउने ?

एजेन्सी । संवेदनशील छाला भएका व्यक्तिले यसको सुरक्षामा विशेष ध्यान दिनु पर्दछ । तपाईंको पनि संवेदनशील छाला छ भने एउटा विशेष समय तालिका बनाएर यसको स्वास्थ्यमा ध्यान दिन सक्नुहुन्छ ।

आज हामी संवेदनशील छाला भएकाले सुत्नुअघि कस्तो खालको क्रिम वा के लगाउनुपर्छ भनेर बताउनेछौं ।

नरिवल तेलमा एन्टीब्याक्टेरियल, एन्टीसेप्टिक र एन्टीफंगल जस्ता कयौं गुण  पाइन्छन् । यो छालामा लगाउँदा डन्डीफोर, दागधब्बाको समस्या कम हुँदै जान्छ ।

संवेदनशील छाला भएकाका लागि एलोवेरा जेल पनि राम्रो विकल्प हो । कुनै महंगो क्रिमको प्रयोग गर्नु भन्दा एलोवेरा जेल लगाउँदा छालामा एकदमै फाइदा हुन्छ । यो कुलिंग तथा हाइड्रेटिंग इफेक्टले भरपूर हुन्छ ।

रातमा सुत्नुअघि चन्दन पाउडरको पेस्ट पातलो लेयर अनुहारमा लगाउन सक्नुहुन्छ । यो चिसो हुने भएकाले छाला चिलाउने तथा पोल्ने समस्या पनि निको हुन्छ । साथमा यसमा एन्टीसेप्टिक र एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ ।

दैनिक रातमा सुत्नु अघि संवेदनशील छाला भएकाले गुलाब जल लगाएर सुत्नु पनि फाइदाजनक हुन्छ । यसले छालाको पीएच लेवल नियन्त्रित रहन्छ र मुलायम पनि भइरहन्छ ।

संवेदनशील छाला भएका व्यक्तिले ताजा नौनी पनि लगाउन सक्छन् । यसले छालालाई एकदमै मुलायम बनाउनुका साथै मोइस्चराइजरको काम पनि गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved