श्रीमती बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओडलाई हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

श्रीमती बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओडलाई हिरासतमा राख्न अदालतको अनुमति

कैलाली । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेपछि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला अदालत कैलालीले पहिलो चरणमा पाँच दिनको म्याद दिएको हो । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् ।

प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

नेपाल आएलगत्तै उनी आफैलै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved