लुम्बिनी प्रदेशका सांसदद्वय अग्रवाल र अहिर लागे नयाँ जसपातिर

नेपालभ्युज

लुम्बिनी प्रदेशका सांसदद्वय अग्रवाल र अहिर लागे नयाँ जसपातिर

काठमाडौं । लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट निर्वाचित दुई सांसदले नवगठित जसपाको पक्षमा सनाखत गरेका छन् ।

मन्त्रीसमेत रहेका भण्डारीलाल अहिर र सांसद आदेशकुमार अग्रवालले जसपाको पक्षमा सनाखत गरेका हुन् ।

आफूहरूले आइतबार जसपाको पक्षमा सनाखत गरेको अग्रवालले बताए । ‘हामी दुई जनाले सनाखत गर्‍यौँ’, उनले भने ।

अहिर भने यसअघि नै जसपाको पक्षमा खुलेर मन्त्रीको पदभार ग्रहण गरिसकेका थिए । उनले सनाखत भने आज मात्रै गरेका हुन् ।

अम्बिका काफ्ले भने कुनै पक्षमा खुलिसकेकी छैनन् । तर उनी पनि नवगठित जसपाको पक्षमा खुल्ने सांसद अग्रवालले दाबी गरे ।

लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट निर्वाचित तीन सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved