दक्षिण एसियाली महिला सम्मेलन आजदेखि ललितपुरमा सुरु हुँदै

नेपालभ्युज

दक्षिण एसियाली महिला सम्मेलन आजदेखि ललितपुरमा सुरु हुँदै

काठमाडौं । दक्षिण एसियाली महिला सम्मेलन आजदेखि ललितपुरमा सुरु हुँदैछ ।

ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणका विषयमा सम्मेलन सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन बिहान ९ बजे हुनेछ ।

सम्मेलनमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकासका विषय मुख्य एजेण्डा बनाइएको छ ।

नेपालमा पहिलो पटक हुन लागको सम्मेलनले दक्षिण एसियाली महिलाले सञ्चालन गरेको लघु, साना र मध्यमस्तरका व्यवसाय प्रवद्र्धन गर्ने, लैंगिक ‘डिजिटल ग्याप’लाई कम गर्ने उपाय खोजिनुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने अपेक्षा राखिएको छ ।

लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछन् । सम्मेलन पर्सीसम्म चल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved