ऋषभ पन्त एक खेलका लागि निलम्बित, दिल्लीका सबै खेलाडीलाई जरिवाना

नेपालभ्युज

ऋषभ पन्त एक खेलका लागि निलम्बित, दिल्लीका सबै खेलाडीलाई जरिवाना

काठमाडौं । आईपीएल क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलका लागि निलम्बन गरिएको छ ।

उनलाई जरिवाना समेत लगाइएको छ । आईपीएलको ५६औं खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध कारबाही गरिएको हो ।

राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो । दिल्लीले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो ।

यति मात्र होइन, पन्तबाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत जुन कम हुन्छ जरिवाना गरिएको छ ।

यसअघि पनि आईपीएलका क्रममा चर्चित खेलाडीलाई खेलबाट निलम्बन गरिएको थियो । हरभजन सिंह, रविन्द्र जडेजा र डेभिड वार्नरलाई लिग नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved