ललितपुर मेयर्स कप महिला टी–२०:

बागमतीलाई हराउँदै ललितपुरको सुखद् सुरूवात

नेपालभ्युज

बागमतीलाई हराउँदै ललितपुरको सुखद् सुरूवात

काठमाडौं। ललितपुर मेयर्स कप-२०२४ महिला टी-२० क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स एक्स आईले सुखद् सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुरले बागमतीलाई ७ विकेटले पराजित गरेको हो ।

५३ रनको लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । ललितपुरका लागि कप्तान पुजा महत्ता २३ रनमा अविजित रहिन् । लक्ष्मी चौधरीले भने १२ रन बनाइन्। बागमतीका लागि खुसी डंगोलले १ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ रोजेको बागमती १४.२ ओभरमा ५२ रनमा अलआउट भयो । बागमतीका लागि कप्तान अश्मिना कर्मचार्यले २० र कञ्चन श्रेष्ठले ११ रन बनाइन् ।

ललितपुरका लागि कृतिका मरासैनीले ४, सरस्वती कुमारीले ३ तथा पुजा महत्तोले २ विकेट लिइन् ।

आईतबार पहिलो खेलमा ललितपुर र सुदूरपश्चिम प्रदेशबीच बिहान साढे ९ बजे आमने सामने हुनेछन् । अर्को खेलमा नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच साढे १ बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved