अनन्याका ब्वायफ्रेन्डको प्रेममा परिन् सारा अलि खान ?

नेपालभ्युज

अनन्याका ब्वायफ्रेन्डको प्रेममा परिन् सारा अलि खान ?

एजेन्सी । बलिउडमा हिजोआज अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअपको खबर एकदमै तीव्र गतिमा चलिरहेको छ ।

यस्तो अड्कलबाजी पनि गर्न थालिएको छ कि अनन्यासँग ब्रेकअप गरेर अब आदित्य सैफ अली खान–अमृता सिंहकी छोरी सारा अलिलाई डेट गरिरहेका छन् ।

हिजोआज धेरैपटक सारा आदित्यसँग देखिने गरेकी छन् । यी सबै खबरहरूका बीच अहिले एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ दुवैजना साथमा देखिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियो निर्देशक अनुराग बसुको जन्मदिनको पार्टीको हो । जहाँ सारा आदित्यसँग सामेल भएकी थिइन् । पार्टीमा दुवैजना नाँचिरहेका छन् र मस्ती गरिरहेका छन् ।

भिडियोमा निर्देशकले कलाकारहरूलाई केक खुवाइरहेका छन् । जहाँ सारा र आदित्य सँगै उभिएको देखिएका छन् । यही भिडियो देखेपछि सबैले उनीहरू एकअर्कालाई डेट गरिरहेको अड्कलबाजी गरिरहेका छन् ।

अहिले सारा र आदित्य अनुरागको फिल्म ‘मेट्रो इन दिनो’ मा काम गरिरहेका छन् । फिल्ममा पहिलोपटक यो जोडी बनेको छ ।

यस फिल्ममा सारा र आदित्य बाहेक अन्य कलाकारहरू पनि छन् । जसमा कोंकणा सेन शर्मा, नीना गुप्ता, अली फजल, पंकज त्रिपाठी, फातिमा सना शेख र अनुपम खेर जस्ता कलाकारहरूको नाम सामेल छ ।

यो फिल्म सन् २०२४ सेप्टेम्बर १३ मा रिलिज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved