श्रीमानलाई समस्यामा देखेर शिल्पा पुगिन् मन्दिर

नेपालभ्युज

श्रीमानलाई समस्यामा देखेर शिल्पा पुगिन् मन्दिर

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी जति आफ्नो फिल्म तथा कामले चर्चामा आउने गर्छिन् त्यति नै उनको व्यक्तिगत जीवन पनि चर्चाको विषय भइरहन्छ ।

हालै उनका श्रीमान् राज कुन्द्राको ९७.७९ करोडको सम्पत्ति जफत भएको छ । जसमा मुम्बई नजिकै जुहुमा रहेको एउटा फ्ल्याट, पुणेस्थित एउटा बंगला र कैयौं अन्य सेयरहरू सामेल छन् ।

प्रवर्तन निर्देशालय यानिकी ईडीले ६ हजार ६ सय करोडको बिटकोइन घोटालाको जाँच अन्तर्गत कुन्द्रामाथि यो कारबाही गरेको हो । यी सबै खबरबीच शिल्पा  कामाख्या मन्दिर पुगेर आफ्नो पति र परिवारको सुरक्षाका लागि प्रार्थना गरेकी छन् ।

शिल्पा प्रायः आफ्नो परिवारमा कुनै पनि समस्या आयो भने कुनै न कुनै मन्दिरको दर्शन गर्न पुगेकी हुन्छिन् । उनलाई मन पराउनेहरूलाई उनको यो व्यवहार एकदमै मन पर्छ ।

शिल्पा कुनै पनि समस्यामा रहेका बेला होस् पुजापाठ तथा अन्य रितिरिवाजका कामलाई कहिल्यै छोड्दिनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved