काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा मन्त्री रहेकाहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन् ।
छुट्टा-छुट्टै पत्र लेखि सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन उनीहरूले आग्रह गरेका हुन् ।
रास्वपाबाट सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ छन् ।
देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर, त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरेका हुन् ।
Facebook Comment
Comment