गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकले गरे विशेष छुट सम्झौता  

नेपालभ्युज

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकले गरे विशेष छुट सम्झौता  

काठमाडौं । ललितपुर महालक्ष्मिस्थान, स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारले गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved