सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

काठमाडौं । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाउने विषय अन्योलमा परेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ।

शुक्रबार बेलुका ५ बजेका लागि बोलाइएको बैठक शनिबार बेलुका साढे ५ बजेका लागि स्थगित गरिएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले नेपाल भ्युजलाई बताए।

शुक्रबार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो। तर, नेकपा एमालेले उनलाई विश्वासको मत दिन आनाकानी गरेपछि सरकारको आग्रह र सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको हो।

सोडारी एमालेको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उपनिर्वाचनमा एकीकृत समाजवादीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालेले उनलाई विश्वासको मत दिन आनाकानी गरेको हो।

एमालेको साथ बिना उनले विश्वासको मत पाउने आधार कम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved