साताको सेयर : दुई हजारको बिन्दु छोएर १९ सयमै फर्कियो नेप्से 

नेपालभ्युज

साताको सेयर : दुई हजारको बिन्दु छोएर १९ सयमै फर्कियो नेप्से 

काठमाडौं । लगातार बढिरहेको यो साताको सेयर बजार कारोबारको अन्तिम दिनमा घटेर बन्द भएको छ । साताको कारोबारको पहिलो दिन १९८० दशमलव २९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार परिसूचक बीचमा बढेर २ हजारको बिन्दु छोएको थियो ।

पुनः कारोबारको अन्तिम दिनसम्म आइपुग्दा बजार परिसूचक घटेर १९ सयकै बिन्दु कायम भएको छ । आइतबार लगानी सम्मेलनको कारण उत्साह छाएको सेयर बजारमा १४ दशमलव ३३ अंकको वृद्धि भएको थियो ।

सोमबार झिनो अंकले बढेको बजारमा मंगलबार भने उल्लास छाएको थियो । मंगलबार बजार परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को बिन्दु छिचोलेको थियो । बुधबार मजदुर दिवस परेकाले सेयर कारोबार बन्द रह्यो ।

बिहीबार खुलेको कारोबारमा नेप्से परिसूचक भारी अंकले घटेर १९९८ दशमलव ९६ को बिन्दुमा पुगेर बन्द भएको छ । यो साता फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार हुने समूहमा म्युचुअल फन्ड रहेको छ ।

आइतबार

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १९८० दशमलव २७ को बिन्दुमा पुगेको थियो । जहाँ ३०८ कम्पनीका ४८ हजार १ सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको थियो । कारोबार रकम भने २ अर्ब ६८ करोड २५ लाख ८६  हजार ९ सय ५५ रुपैयाँ रहेको थियो ।

सोमबार 

साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १९८० दशमलव ३४ को बिन्दुमा पुगेको थियो । सोमबार ३१७ कम्पनीका ४६ हजार ५ सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भएको थियो । जसमा कारोबार रकम भने २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ रहेको थियो ।

मंगलबार

साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को बिन्दुमा उक्लिएको थियो । जहाँ ३२० कम्पनीका ७५ हजार २ सय ७१ पटकको कारोबारमा १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ रहेको थियो ।

बिहीबार

बुधबार मजदुर दिवस रहेकाले सार्वजनिक बिदा रहेको थियो । जसको कारण सेयर बजार पनि बन्द थियो । बिहीबार खुलेको सेयर बजार ७ दशमलव ३१ अंकले घटेर १९९८ दशमलव ९६ को बिन्दुमा पुगेको थियो ।

बिहीबार ३०८ कम्पनीको ६४ हजार १ सय ८१ पटकको कारोबारमा ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भएको थियो । जसमा कारोबार रकम ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved