यूरो र पाउण्ड बलियो हुँदा रियाल स्थिर 

नेपालभ्युज

यूरो र पाउण्ड बलियो हुँदा रियाल स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको मूल्य बढेको छ भने कतारी रियाल को मूल्य स्थिर रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved