नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले गर्‍यो विश्वकपका लागि टिमको घोषणा

नेपालभ्युज

नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले गर्‍यो विश्वकपका लागि टिमको घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाले टी–२० विश्वकपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ।

दक्षिण अफ्रिकाले मंगलबार एडन मारक्रमको कप्तानीमा टोलीको घोषणा गरेको हो। टोलीमा अधिकांश स्टार खेलाडीहरूको बाहुल्यता छ।

जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीले टोलीमा स्थान बनाएका छन्।

दक्षिण अफ्रिकी टोली
एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्जे, कागिसो रबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स ।

रिजर्भ खेलाडीमा टोलीमा नान्द्रे बर्गर र लुङ्गी एनगिडी छन् ।

नेपाल दक्षिण अफ्रिकाको समूहमा छ । समूह ‘डी’ मा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स, श्रीलंका र दक्षिण अफ्रिका छन् ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने लागेको टी–२० विश्वकप १ जुनदेखि सुरु हुँदै छ।

नेपाल र दक्षिण अफ्रिकाबिचको खेल १४ जुनमा हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved