काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन्।
उनी केहि सयमदेखि डिप्रेशनमा थिइन्। फिल्म निर्माता-निर्देशक चन्द्रमणिसँगको वैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन्।
पुलिसले गरेको सुरूवाती जाँच अनुसार उनले आत्महत्या गरेको खुलेको दैनिक जागरणले जनाएको छ ।
अमृताले मुम्बईमा चिन्तामणिसँग लिभ इन रिलेशनशिपमा बसेपछि कानुनी विवाह गरेकी थिइन्।
तर, केही समयपछि नै उनीहरूको सम्बन्धमा खटपट सुरू भएको थियो।
अमृताको करियरको कुरा गर्ने हो भने उनले अभिनेता खेसरीलाल यादवको फिल्म ‘दीवानापन’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।
यो भोजपुरी फिल्ममा दुवैको केमेस्ट्री निकै रूचाइएको थियो ।
Facebook Comment
Comment