वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई २०५ रनको लक्ष्य

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०४ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले ७४ र एलिक एथेनाजेले ४७ रन बनाए। साथै, केसी कार्टीले ३८ र आन्द्रे फ्लेचरले १३ रन जोडे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, अविनाश बोहरा, र रोहित कुमार पौडेलले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved