नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा, विश्वकप जित्दाका खेलाडी समावेश

नेपालभ्युज

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा, विश्वकप जित्दाका खेलाडी समावेश
जोनसन चार्ल्स

काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी–२० शृंखलाका लागि ‘ए’ टोलीको घोषणा गरेको छ ।

रोस्टन चेसको कप्तानीमा वेस्ट इन्डिजले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर छन् ।

वेस्ट इन्डिज पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो।

क्यानका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा अन्तिम खेल ४ मेमा हुनेछ।

ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा‌ भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ।

वेस्ट इन्डिज ‘ए’ टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved