गुल्मी । गुल्मी जिल्लामा शनिबार एकै दिन १३ ठाउँमा आगलागी भएको छ ।
आगलागीबाट ८३ घरगोठ जलेका छन् । ७५ पशु चौपाया मरेका छन् । आगलागीमा एउटा ट्याक्टर र दुईवटा कुटानीपिसानी मिल जलेको छ ।
दुईवटा किराना पसल र एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगलागीबाट मानबीय क्षती नभएपनि २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।
इस्मा २ हाडीखोला, सोही ठाउँको कोटकोटरी र मुर्किना मा आगलागी भएको थियो । गुल्मीदरबार ६ भलायचौर र मुसिकोट ५ आँपचौरमा पनि आगो लागेको थियो ।
अर्लाङ्कोट र मालिका १ म्यालचौर, मदाने १ घडेरीमा पनि आगलागी भएको थियो । छत्रकोट १ हुँगा, धुर्कोट ६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।
गुल्मी २ मा खानेपानीको पाइप पनि जलेको र बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।
Facebook Comment
Comment