रास्वपा नेता कार्की भन्छन् : गृहमन्त्रीमाथि छानबिन समिति बनाउँ, विरोधीका मुख बन्द गरौं

नेपालभ्युज

रास्वपा नेता कार्की भन्छन् : गृहमन्त्रीमाथि छानबिन समिति बनाउँ, विरोधीका मुख बन्द गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी प्रकरणमा पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाउनु पर्ने बताएका छन् ।

सधैँका लागि विरोधी भनिएका मुख बन्द गर्नुपर्ने बताउँदै कार्कीले गृहमन्त्री लामिछाने जस्तो कसिमा जाँचिनु पर्ने हो जाँचिन तयार हुनुपर्ने बताए ।

सामाजिक सञ्जालमार्फत् कार्कीले भनेका छन्, ‘सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानबिन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ ।’

उनी अगाडि लेख्छन्, ‘जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानबिन र जाँचमा उभिने ? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख ।’

राजनीतिक दलको संक्रमणले प्रहरी प्रशासनको छानबिन विवादरहित हुन नसकेको कार्कीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved