इजरायल र इरानबीच ठूलो युद्धको जोखिम बढेको छ । अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुईजना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएपछि तनाव बढेको हो ।
यो घटनापछि इरानले इजरायललाई गतिलो जवाफ दिने चेतावनी दिएको छ । अहिले इरानले भित्रभित्रै इजरायलमा आक्रमण गर्ने तयारी थालेको छ ।
इरानले सेना, रिभोलुस्नरी गार्ड, मिसाइल र आणविक हतियार तयारी अवस्थामा राखेको छ । सिरिया र लेबनानमा रहेका आफ्ना सैन्य शिविरमा पनि इरानले जनशक्ति र हतियार बढाएको छ ।
इजरायलले पनि इरानको आक्रमणविरुद्ध आक्रामक र रक्षात्मक दुवै हिसाबले तयार रहेको प्रतिक्रिया दिइसकेको छ ।
यस्तै अमेरिकाले इजरायललाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै आक्रमण नगर्न इरानलाई चेतावनी दिएको छ ।
राष्ट्रपति जो बाइडेनले यदी इरानले इजरायलमा आक्रमण गरेमा आफूहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिएका छन् ।
यसैबीच इरानले इजरायलमा तत्कालै आक्रमण गर्नसक्ने अनुमानपछि भारतसहितका पाँच देशले ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।
यस्तै अष्ट्रेलियाका एअरलाइन्सले छ दिनको लागि इरानका उडान रद्द गरेका छन् । यस्तै विभिन्न देशका एअरलाइन्सले इरानको हवाई रुट प्रयोग नगर्ने घोषणा गरेका छन् ।
यस्तै टर्कीले यदी अमेरिकाले इरानमा आक्रमण गरेमा आफ्नो एअर बेस र हवाई क्षेत्र अमेरिकालाई प्रयोग गर्न नदिने चेतावनी दिएको छ ।
Facebook Comment
Comment