हङकङमा १६ तले आवासीय भवनमा आगलागी, पाँच जनाको मृत्यु

नेपालभ्युज

हङकङमा १६ तले आवासीय भवनमा आगलागी, पाँच जनाको मृत्यु

काठमाडौं । हङकङमा एउटा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान भएको आगलागीमा कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लागेको हो । घटनामा अन्य ३५ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अस्पताल प्राधिकरण र अग्नि सेवा विभागले बताएको हो । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

भवनमा रहेको एउटा जिमबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ । भवनबाट करिब १५० जनालाई सुरक्षित निकालिएको नगर सरकारले उल्लेख गरेको छ ।

४० जनालाई भने अस्पताल पठाइएको थियो । बिहान ८ः५४ बजेसम्म आगो नियन्त्रण गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved