सलाम नगरेको भन्दै अर्थमन्त्री पुनको सुरक्षामा खटिएका हवलदारले कुटे प्रहरी जवान

नेपालभ्युज

सलाम नगरेको भन्दै अर्थमन्त्री पुनको सुरक्षामा खटिएका हवलदारले कुटे प्रहरी जवान
प्रतिकात्मक स्केच

काठमाडौं । सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी हवलदारले प्रहरी जवानलाई कुटेका छन् ।

अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवलदार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अङ्गरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै थप्पड हानेका हुन् ।

घटना बिहान करिब साढे १० बजेको हो । ‘मलाई किन सलाम गर्दैनस् ? भन्दै गाला रातो हुने गरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका हुन् ।

मन्त्रीको सुरक्षामा खटिन थालेपछि हवलदारले जवानलाई हेप्दै आएका थिए । मन्त्रालय समयमा मन्त्री, सचिवलगायत उच्च पदस्थ अधिकारीहरू कार्यालयमा व्यस्त थिए ।

सचिवालय बाहिर घटना भएको हो । पीडित जवानले हाकिमहरूसमक्ष मौखिक रूपमा हवलदारमाथि कारबाहीको माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved