आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २८४ रन बनाएको हो।

आयरल्याण्ड ‘ए’ का लागि स्टिफन डोहेनीले १०७ रन बनाए। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०७ रनको योगदान गरे। पिटर मूरले भने ४४ रनको योगदान गरे ।

नेपाल ‘ए’ का लागि भने रिजन ढकाल र रञ्जित कुमारले ३–३ विकेट लिए। विकास आग्री र साहब आलमलले भने १–१ विकेट लिए।

३ खेलको सिरिजमा भ्रमणकारी टोली २-० ले अघि छ । आजको खेलमा समेत जित निकाले आयरल्याण्डले सिरिज क्लिनस्वीप गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved