धनकुटामा पोल्टी फर्मको फोहोर फाल्ने पोखरीमा डुबेर २ जनाको मृत्यु

नेपालभ्युज

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका-१० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा-९ का १६ वर्षीय दीपेश ओझा छन् ।

विजय पोल्टी फार्मले बनाएको पोखरीमा डुबेर किशोरहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved