आजको मौसम : आंशिक बदलीदेखि मुख्यतया सफा

नेपालभ्युज

आजको मौसम : आंशिक बदलीदेखि मुख्यतया सफा

काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरू ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved