आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको हो।

आयरल्याण्ड ‘ए’ का लागि गेभिन होईले ५० र कप्तान निल रकले ४५ रन बनाए।

नेपाल ‘ए’ का लागि रिजन ढकाल र साहब आलमले ३–३ विकेट लिए। मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट लिए।

टस जितेर नेपालले बलिङ रोजेको थियो। नेपाल सिरिज बराबरी गर्ने योजनामा छ। सिरिजको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो ।

३ खेलको सिरिजमा भ्रमणकारी टोली १-०ले अघि छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved