नेपाल ‘ए’ले गुमायो सातौं विकेट

नेपालभ्युज

नेपाल ‘ए’ले गुमायो सातौं विकेट

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले सातौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का कमल सिंह ऐरी आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का म्याथ्यू हम्फ्रेजले ६ रनमा आउट गरे।

यसअघि नेपाल ‘ए’ का देव खनाल २६, कप्तान विनोद भण्डारी ९, अर्जुन कुमाल ९ र अर्जुन साउद ४ रनमा आउट भए। भीम सार्की र आरिफ शेख भने डकआउट भए।

आयरल्याण्ड ‘ए’ ले दिएको १५८ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले १२.४ ओभरमा ७ विकेटको क्षतिमा ७८ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved