आयरल्याण्ड ‘ए’ विरूद्ध नेपाल ‘ए’ को इनिङ्स संकटमा, दश रन जोड्न पाँच विकेट खर्च

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरूद्ध नेपाल ‘ए’ को इनिङ्स संकटमा, दश रन जोड्न पाँच विकेट खर्च

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लगातार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ ले ५ ओभरपश्चात हरेक ओभरमा विकेट गुमाएको हो। यससँगै नेपाल ‘ए’ को ब्याटिङ संकटमा देखिएको छ।

नेपाल ‘ए’ ले ५ र ६ ओभरमा २ –२ तथा ७ ओभरमा १ विकेट गुमायो। ३५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले थप १० रन जोड्दा ५ विकेट गुमाएको हो ।

५.१ ओभरमा ३५ रन जोड्दा देव खनाल आउट भएपछि नेपालको विकेट पतन सुरु भएको हो । ७औं ओभरको चौथो बलमा अर्जुन साउद ४ रनमा आउट हुँदा नेपालले केवल ४५ रन बनाउन सक्यो।

भीम सार्की गोल्डन डकआउटको सिकार भए। छैठौं ओभरको पहिलो बलमा भीम सार्की र अन्तिम बलमा आरिफ शेख डकआउट भए।

क्याप्टेन विनोद भण्डारी पनि ९.३ ओभरमा ९ रनमा आउट भएपछि नेपाल थप संकटमा परेको छ ।

नेपालले ९.३ ओभरमा ६ विकेट गुमाएर ५६ रन बनाएको छ ।

५ ओभरको अन्तिम बलमा अर्जुन कुमाललाई आयरल्याण्ड ‘ए’ का लियाम म्याकार्थीले ९ रनमा आउट गरे। यो म्याकार्थीको दोस्रो विकेट हो।

यसअघि उनले ५ ओभरको पहिलो बलमा देव खनाललाई २६ रनमा आउट गरेका थिए।

आयरल्याण्ड ‘ए’ ले दिएको १५८ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved