पर्वतको जलजलामा दम्पती मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान सुरु

नेपालभ्युज

पर्वतको जलजलामा दम्पती मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान सुरु
सांकेतिक तस्वीर।

काठमाडौं । पर्वतको जलजला गाउँपालिकामा एक दम्पती मृत भेटिएका छन् । जलजला गाउँपालिकाको वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेको वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकारी दिए ।

श्रीमान् सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमलाको शव मंगलबार बिहान घरभित्रै फेला परेको क्षेत्रीको भनाइ छ ।

घटनास्थल रगताम्मे रहेकाले कसैले हत्या गरेको हुन सक्ने उनले बताए । प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved