बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती फेला, अवस्था गम्भ‍ीर

नेपालभ्युज

बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती फेला, अवस्था गम्भ‍ीर
सांकेतिक तस्वीर

काठमाडौं । बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती गम्भीर अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार खजुरा गाउँपालिका ३ बी गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरी धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो ।

उनीहरुलाई त्यहाँबाट रिफर गरी नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ ।

कसले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved