छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक सात वर्षपछि पक्राउ

नेपालभ्युज

छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक सात वर्षपछि पक्राउ

काठमाडौं । प्युठानको स्वर्गद्वारीमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले ललितपुर महांकाल गाउँपालिका–३ का २७ वर्षीय सरोज घलेलाई नियन्त्रणमा लिएको हो । उनी सवारी ज्यान मुद्दामा फरार थिए ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा ३ को रुमाले मा बा ८ च १५६१ नं.को जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको हो ।

घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved