मेडिकल उपकरण खरिद अनियमितता प्रकरणमा व्यापारी विशाल पण्डितलगायत विरुद्ध भ्रष्टाचार मुद्दा 

नेपालभ्युज

मेडिकल उपकरण खरिद अनियमितता प्रकरणमा व्यापारी विशाल पण्डितलगायत विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बसेरा होटेलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् । उनीलगायतलाई करिब तीन करोड बिगो मागदाबी गरिएको छ ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा घोटाला भएको थियो । कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।

व्यापारी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यविरुद्ध मुद्धा दर्ता भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved