काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानका बासिन्दलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
आइतबार अर्थमन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङसँग मन्त्री पुनले धरानको पानीको दुख:बारे जानकार रहेको बताए ।
सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको उनले बताए ।
‘त्यहाँको खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ’ अर्थमन्त्री पुनले भने ।
मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए ।
मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए । त्यसको लागि बजेट माग गरेका थिए ।
Facebook Comment
Comment