एजेन्सी । बलिउड अभिनेत्री सना खानले फिल्मी उद्योग छोडेर धर्मको बाटो अपनाएकी छन् । अब उनी इस्लाम धर्मका हरेक नियमहरुको पालना पनि गर्छिन् ।
सनाले सन् २०२३ मा आफ्नो गर्भावस्थाको समयमा पनि रोजा यानिकी व्रत राखेको कुरा बताएकी छन् । यसको खुलासा स्वयम् अभिनेत्रीले गरेकी छन् ।
गर्भावस्थाका क्रममा महिलाहरुले विशेषगरी रोजा राख्दैनन् । तर उनले यसो गरिनन् र विभिन्न समस्याहरु झेलेर पनि पूरा ३० दिन उनले रोजा गरेकी थिइन् ।
उनको भनाईअनुसार जब गर्भावस्थाको क्रममा व्रत बसियो भने उक्त व्रत दुई गुणाले बढ्छ । त्यसैले एक गर्भवती महिलाले ३० दिन रोजा गर्नु भनेको नै ६० दिन मानिन्छ ।
सन् २०२० मा सनाले व्यापारी मुफ्ती अनस सैयदसँग निकाह यानिकी विवाह गरेकी हुन् । उनले धर्मको बाटो र विवाहको निर्णय सँगै गरेकी थिइन् ।
Facebook Comment
Comment