कुशल मल्लले लिए एकै ओभरमा २ विकेट

नेपालभ्युज

कुशल मल्लले लिए एकै ओभरमा २ विकेट

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले एकै ओभरमा २ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल मल्लले एकै ओभरमा २ विकेट लिएका हुन्। कुशलले १५ ओभरको पहिलो र पाँचौं बलमा विकेट लिए।

उनले पहिलो बलमा आयल्याण्डका मोर्गन टपिङलाई २१ रनमा आउट गरे। उनले पाँचौं गेभिन होईलाई १ रनमा आउट गरे। कुशलको यो तेस्रो विकेट हो।

यसअघि करण केसी, कुशल भूर्तेल र सोमपाल कामीले १–१ विकेट लिए।

नेपालले दिएको १९९ रनको लक्ष्यमा आयरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved