आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको १५० रन पूरा

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको १५० रन पूरा

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले १५० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो।

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालका गुल्शन झा ४६, अनिल साह १२, ओपनर कुशल भूर्तेल २५ र आसिफ शेख ११ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved