विष्फोटक ब्याटिङ गरेका गुल्शन ४६ रनमा आउट

नेपालभ्युज

विष्फोटक ब्याटिङ गरेका गुल्शन ४६ रनमा आउट

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्शन झा ४६ रनमा आउट भएका हुन्।

विष्फोटक ब्याटिङ गरेका गुल्शनले सो क्रममा ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

उनलाई आयरल्याण्डका बेन ह्वाइटले आउट गरे। यसअघि अनिल साह १२, ओपनर कुशल भूर्तेल २५ र आसिफ शेखले ११ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved