आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो एकै ओभरमा दुई विकेट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफ शेख १६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्डका ग्यारेथ डेलानीले एलबीडब्लू धरापमा पारेका हुन् । लगत्तै आएका क्याप्टेन रोहित पौडेल डेलानी बलमा शुन्य रनमा विकेटकिपरद्वारा क्याच आउट भए ।

आयरल्याण्डले दिएको १२२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ४ ओभरमा २ विकेट गुमाएर ३२ रन जोडेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved