गुल्शनले लिए आयरल्याण्ड वल्भ्सको तेस्रो विकेट

नेपालभ्युज

गुल्शनले लिए आयरल्याण्ड वल्भ्सको तेस्रो विकेट
फाइल फोटो

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि गुल्शन झाले तेस्रो विकेट लिएका हुन्।

उनले आयरल्याण्डका मोर्गन टपिङलाई डकआउट गरेका हुन्। यसअघि ललित राजवंशी र करण केसीले १–१ विकेट लिए।

टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्याण्डले ६.२ ओभरमा ३ विकेट गुमाएर ३८ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved