एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री रिद्धिमा पन्डित ३३ वर्षकी भइन् तर, विवाह गरेकी छैनन् । यी अभिनेत्रीले आफ्ना एग्स फ्रीज गरिसकेको बताएकी छन् ।
रिद्धिमाले हालै दिएको एक अन्तरवार्तामा मातृत्त्व र एग्स फ्रीज गरेको अनुभवबारे बताइन् । उनी भन्छिन्, “मेरो लागि मातृत्वले एकदमै महत्त्व राख्छ । मेरा केही साथीलाई यो एउटा सामान्य कुरा हो जस्तो लाग्छ । किनकी म ३० काटिसकेँ । कुनै पनि जोखिम लिन चाहन्न । जीवनमा हामी धेरै अन्डासँग जन्म लिन्छौं तर, केही समयपछि ती सकिन्छन् । मलाई यसबारेमा ज्ञान थियो ।”
उनले कामकै बीचमा पनि समय निकालेर एग्स फ्रीजिंग प्रोसेस गरेको बताइन । उनका लागि यो शारीरिक रुपमा एकदमै थकावटपूर्ण थियो ।
उनी अगाडि थप्छिन्, “यो सजिलो हुँदैन । यति धेरै सुई लिनुपर्ने हुन्छ । एकदमै शरीर सुन्निने गर्छ । तौल बढ्छ । तर आफै यी समस्या सकिँदै जान्छन् । केही मिथक पनि छन्, तपाईं धेरै मोटो हुनुहुन्छ हर्मोनल इन्जेक्शनका कारणले । यस्तो हुँदैन । यति मात्र हो प्रक्रिया पूरा भएपछि केही समस्या हुन्छ ।”
समयमै एग फ्रीज गराएर रिद्धिमा तनावमुक्त छन् । उनलाई मानसिक रुपमा शान्ति प्राप्त भएको छ । आफ्नो यो निर्णयबाट उनी एकदमै खुशी छन् ।
विवाहको योजनाबारे गरिएको प्रश्नमा उनले जब कुनै सही केटा भेटिनेछ तब गर्ने बताईन ।
रिद्धिमा हमारी बहु रजनीकान्त सीरियलबाट चर्चामा आएकी थिइन् । यसमा उनले रोबोटको भूमिका निर्वाह गरेकी छन् । उनी खतरोंके खिलाडी ९ मा पनि देखिएकी थिइन् ।
Facebook Comment
Comment