‘बलिदान’बाट चलचित्रमा डेब्यु गर्दै समीर भट्ट

नेपालभ्युज

‘बलिदान’बाट चलचित्रमा डेब्यु गर्दै समीर भट्ट

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् ।

यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।

समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved